रौतहट १८ फागुन । सवारी चालक अनुमतिपत्र सेवा विस्तार तथा सञ्चालन गर्न बिहिबार मधेश प्रदेशका मुख्यमन्त्री सराेज कुमार यादव ले सदरमुकाम गाैर मा रहेको कार्यालयको उद्घाटन गरेका छन ।
मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले यातायात कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र सेवाको उद्घाटन गरेका हुन ।
यातायात व्यवस्था कार्यालय राैतहटमा बिलबुक नविकरण देखि सवारी अनुमति पत्र नवीकरण समेतकाे सेवा सञ्चालनमा आएको हो।
राैतहटकाे गाैर नगरपालिकासँगै रहेकाे राजदेवी नगरपालिका वडा -२ स्थित हजािनियामा दरवार नजिक सन्धया एण्ड अभि ट्रायल एण्ड ड्राइभिङ्ग सेन्टरमा ट्रायल दिने सकिने यातायात कार्यालय राैतहटले जनाएको छ।


