Thursday, May 14, 2026

होलीमा इच्छा बिपरीत रंग नदल्न अनुरोध

पछिल्लाे समाचार


राैतहट २० फागुन। हाेलीमा इच्छाविपरीत कसैलाई जबर्जस्ती रंग नदल्न जिल्ला प्रशासन कार्यालय  राैतहटले अनुराेध गरेकाे छ।
हाेली पर्वमा आपसी सद्भाव कायम रहाेस् भनी जिल्ला प्रशासन कार्यालय राैतहटले रंगकाे पर्वको शुभकामना दिएकाे छ ।
हाेलीकाे बहानामा जबरजस्ती रंग दल्ने , हानिकारक बस्तु अथवा, रंगकाे प्रयाेग, प्लास्टिकजन्य लाेला प्रयाेग गर्ने ,बाटाे हिड्ने जाे काेही व्यक्तिलाई रंग लगाउने जस्ता कार्य नगर्न रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुक्रबार विज्ञप्ति मार्फत अनुराेध गरेका छन्।
कसैको इच्छा बिपरित होलि  दले,लोला हाने कानुन अनुसार कार्वाहीहुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

नेपालीहरुको साझा पर्व होलीलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन हुन तथा कसैको ईच्छा बिपरीत होली नखेली। मादक पदार्थ सेवन गरी सवारी न चलाउन,बिना हेल्मेट मोटरसाइकल नचलाउन,क्षमता भन्दा बढी मानिस नबोक्न, तिब्रगतिमा सवारी नचलाउँन,यात्रीसंग बढी भाडा न लिन, सवारीका कागजपत्र साथमा राख्न अनुरोध गरेको छ ।

आफु पनि बचौ अरुलाई पनि बचाऔ, ट्राफिक नियमको पालना गरौ भन्ने शन्देश दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु