बारा २० फागुन । जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोक बाट बिहिवार प्रहरीले लागुओषध गांजा बरामद गरेको छ ।
प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीलाई देखी अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा प्रहरी टोलीले अटोलाई पिछा गरी नियन्त्रणमा लिई चेकजाँच गर्दा अटोभित्र लुकाई लैजादै गरेको लागू औषध गाँजा १२ के.जी. बरामद भएको छ ।
लागू औषध गांजा ओसार पसारमा संलग्न बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चकरी बस्ने वर्ष २५ को नरेश बम ,. वर्ष ४३ को हिरामान थिङ , वर्ष ३५ को सुरेश स्याङतान लाई प्रहरीले पक्राउ गरि अनुशन्धान गरीरहेको प्रहरीले जनाएको छ ।


