Thursday, May 14, 2026

गौर राइसमिलको जमिन अधिग्रहण गरीदिन मुख्यमन्त्री संग एमाले नेता गुप्ताको आग्रह

पछिल्लाे समाचार



रौतहट १९ फागुन । नेकपा एमालेका नेता तथा गौरका पुर्वमेयर अजय गुप्ताले जिल्लाको धरोहरको रुपमा रहेको राइस मिल चाडै अधिग्रहण गरिदिन मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव लाई आग्रह गरेका छन ।
विभिन्न समयमा गौर राइसमिलको जमिन सार्वजनिक खेल मैदान हुनु पर्ने भन्दै गौर बासीले माग गर्दै आएका छन ।
मुख्यमन्त्री सरोज कुमार यादव ले गौरमा भएको एक कार्यक्रममा राइस मिल रौतहट जिल्लाबसीको भएकाले आफ्नो कार्यकालमा जिल्ला बासीले पाउने मा बिश्वस्त रहन आग्रह गरेका छन ।
  साथै जिल्लाका विभिन्न समस्या  शिक्षा , स्वास्थ्य , कृषि , बेरोजगारी समस्या लाई केन्द्र बिन्दुमा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाइ छ ।
गौर राइस मिलको बिषयमा विभिन्न समयमा स्थानिय, विभिन्न दलका अगुवाले धर्ना,ध्यानाकर्षण,ज्ञापनपत्र बुझाउने जस्ता कार्यक्रमहरु गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु