रौतहट १० चैत । गुजरा नगरपालिका वडा नं.३ सिम्रिमा अवैध रुपमा संचालन गरेको घरेलु मदिरा बनाउने भट्टी प्रहरीले नष्ट गरेको छ ।
शुक्रवार दिउँसो ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया विजयपुर, प्रहरी चौकी हरिनगर र सशस्त्र प्रहरी वल नेपाल जङलसैयावाट संयुक्त रुपमा टोली ले घरेलु मदिरा वनाउन राखेको कच्चा पदार्थ १ सय ८० लिटर. र तयारी मदिरा .६० लिटर. बरामद गरी स्थानीय जनप्रतिनिधी, भद्रभलादमी, वुद्धिजिवी, को रहोवरमा नष्ट गरेको छ ।
सुरक्षाकर्मीले ७ वटा रक्सी भट्टी फुटाई बरामद गरिएको तयारी मदिरा र कच्चा पदार्थ सोही स्थानमा नष्ट गरिएको र १८ वटा भाँडाकुडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


