Thursday, May 14, 2026

चुरे क्षेत्र अतिक्रमणको चपेटामा

पछिल्लाे समाचार


रौतहट १८ फागुन । डिभिजन वन कार्यालयले चुरे अतिक्रमण रोक्न सवै सरोकारवाला निकायले साथ दिनुपर्ने बताउदै आएको छ ।
बन अतिक्रमणकै कारण पछिल्लो समय वन को क्षेत्रफल सांघुरीदै गएको जानकारहरुको भनाइ छ ।
रौतहटमा २९ हजार ४ सय हेक्टर बन क्षेत्र छ । बन क्षेत्र अतिक्रमण भएपछि अहिले करीव २६ हजार हेक्टर मात्र बन क्षेत्र रहेको अनुमान छ ।
चुरे र अन्य क्षेत्रको अतिक्रमण हटाउन विभिन्न राजनीतिक दलहरू नै बाधक बनेको वन कार्यालयको बुझाइ छ ।
धन्सारदेखि उत्तर र पूर्वमा सर्लाहीको सीमा क्षेत्रमा पर्ने नुनथरको चुरेलगायत वाग्मती, पौराई, जुडिबेला , सन्तपुर, चन्द्रपुर, रंगपुर, बनबोहरी, मैढाको बन क्षेत्र बढि अतिक्रमणमा परेको छ ।
केही समय अघि वन कार्यालयले राखेके अन्तरक्रिया कार्यक्रममा अतिमक्रण हुनुमा राजनीतिक दल कारक बनेको जानकारहरु बताउछन ।
बन प्रमुख सुनिल कर्ण भन्छन,” अतिक्रमण ठूलो समस्या भएको छ ।’ बिभिन्न दलकै आडमा जंगल क्षेत्रमा ठूलठूला पक्कीघरहरू बनेका छन ।
चन्द्रपुर ६ स्थित चिम्निटाल नजिक बन क्षेत्रमा धमाधम पक्की संरचना निर्माण भइरहेका छन् ।

उजाडिदै चुरे


चुरे क्षेत्रको विनाश बढ्दै गएको भन्दै पुर्व राष्ट्रपति रामवरण यादवको विशेष पहलमा सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रम’ ल्याइएको थियो ।
चुरे मासिँदै गएपछि तराई मधेसलगायत ३६ जिल्लामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको थियो । तर सो कार्यक्रममा करोडौ खर्च भएपनि प्रभाबकारी देखिएको छैन ।
चन्द्रपुर नपा ३ स्थित भोलनटार, अरुणबस्ती, इपिलिघारी, महादेवडाँडा, स्वस्तिलगायतको चुरे क्षेत्र उजाडिदै गएको छ ।

चुरेमा बनेका घरहरु
spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु