रौतहट १९ फागुन। गढीमाई नगरपालिकाको समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महोत्सव शुक्रबारबाट शुरु भएको हो ।
फागु वैरिया मेला महोत्सवको शुक्रबार एक समारोहका बिच रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देव प्रसाद तिमल्सिना र गढीमाई नगरप्रमुख श्याम प्रसाद यादवले संयुक्त रूपमा उद्घाटन गरेका छन ।
मेलामा खेलतमासा हेर्न साथै होलीका सरसामान किन्नेहरु बढी आउने गढिमाई नगरपालिकाका नगर प्रवत्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
व्रिटिस साम्राज्यको इष्ट इण्डिया कम्पनीका सैनिकहरु नेपाल माथि आक्रमण गर्दै समनपुरसम्मको भु भाग कब्जामा लिएपछि ईस्वी सम्बत १८१४ डिसेम्बर ३१ गतेका दिन स्थानीय बासिन्दाहरुको सहयोगमा नेपाली सेनाले रातिको समयमा घरेलु हातहतियारले व्रिटिश फौज माथि आक्रमण गरी नेपाली भु—भागबाट लखेटेको खुशियालिमा मेला शुरु भएको भनाइ छ ।
महोत्सवमा नेपाली सेनाले आफनो कलाकृतिको साथै तत्कालिन समयमा युद्धमा प्रयोग भएको अस्त्र सहित प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।
नगरपालिकाको आयोजनामा शुरु भएको फागु बैरिया महोत्सव फागुन १९ गते शुक्रबारदेखी फागुन २३ अर्थात पाँच दिनसम्म हुने लाग्ने छ ।
हाम्राे संस्कृति, हाम्राे परम्परा, समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महाेत्सव २०७९ ” मुल नाराका साथ मेला शुरु भएको छ ।
गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले अंग्रेज माथि विजय प्राप्त गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप परापुर्व काल देखि चलि आएको वैरिया फागु महोत्सवलाई भव्य एवं सभ्य बनाउन नगरपालिकाले हर सम्भव प्रयास गर्नुका साथै गढीमाइ नगरपालिकाको सस्कृति झल्किने खालको प्रस्तुतीहरु प्रस्तुत गर्ने गढीमाइ नपाका नगर प्रमुखले बताए ।



