बिरगज १८ फागुन । खैरो हिरोइन सहित प्रहरीले बिरगज बाट दुइजनालाइ पक्राउ गरेको छ ।
फागुन १६ गते दिउँसो ४ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोली सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ संकास्पद रूपमा आउदै गरेकाको साथ बाट लागुओषध बरामद भएको हो ।

महम्द नायम शेखलाई चेकजाच गर्दा फेला झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट मा रहेको खैरो हिरोइन ३०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
लागु औषध बरामद गरी महमद नायम शेखसंग अनुसन्धान गर्दा कोटेश्वर बस्ने सुरेश घले लाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भारत पश्चिम बंगाल २९ बर्षिय महम्द नायम शेख
र २४ वर्षिय गोरखा घार्चे गा.पा.वडा नं.६ हाल जि.काठमाण्डौ का.म.न.पा.वडा नं.२६ बस्ने शुरेस घले लाई पक्राउ गरि पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान भैरहेको पर्साका डिएसपी दिपक गिरीले बताएका छन ।


