Thursday, May 14, 2026

बृन्दाबन नपामा वडा बाटै सामाजिक भत्ता बाढ्न शुरु

पछिल्लाे समाचार


रौतहट २० फागुन । वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि बृद्धबृद्दा र अशक्त नागरिकलाइ सहज भएको छ ।
ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ।
नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंक सम्म जान नसक्नेका लागि घरमै पुगेर भत्ता वितरण गरिरहेको छ ।
भत्ता वितरणका लागि नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले गाउँटोलमा कर्मचारी सहितको टोली नै खटाएका छन् ।
नगरका ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सम्मान स्वरूप उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंक र नगरको कर्मचारी सहितको टोली टोलमा पुगेको नगर प्रमुख कुर्मीले बताए ।
उनले भने,“ ज्येष्ठ तथा अशक्त नागरिकको समस्या बुझ्नकै लागि गाउँगाउँ कर्मचारी परिचालित गरिएको हो, उनीहरुको समस्या पहिचान गरेर नगरपालिकाले थप सहयोगका कार्यक्रम गर्नेछ ।”
यसअघि अशक्त र बृद्धअबश्थामा रहेको नागरिकलाई ५ देखि ८ किलोमिटर भन्दा बढीको यात्रा गरेर आउजनउ गर्न बाध्य थिए ।
समाजिक सुरक्षा वितरण गर्ने निर्देशनलाई पालना गरि वडा नं १ को रमौली टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको शुभारम्भ गरिएको र यो अभियान सबै वडामा लागु हुने मेयर कुर्मीले जनाएका छन।
सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिकले लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो । नगरपालिकाले गाउँ गाउँमा गएर भत्ता दिन थालेपछि जेष्ठ नागरिक पनि खुसी भएका छन् ।
नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको कार्यबाट अशक्त र बृद्ध नागरिकले खुशी भएका छन ।
अहिले पालिकाको सम्पूर्ण कामकाज माछापुच्छ्रे बैंकमा रहेको छ त्यो बैंक वडा नं ६ हर्साहा मा रहेको कारणले टाढाको वडाबाट आउन–जान धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरण गरिएको मेयर कुर्मीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु