Thursday, May 14, 2026

सामाजिक सुधारको अभियान चलाउदै अब्दुल

पछिल्लाे समाचार


रौतहट १९ फागुन ।अब्दुल सलाम गुजारा नगरपालिका वार्ड नम्बर ४ कनकपुरका स्थायी बासिन्दा हुन् l
एक सामान्य परिवारमा जन्मेका अब्दुलको परिचय भने अहिले फेरिएको छ l
अहिले उनि सामाजिक अभियानमा जुटे संगै उनलाई कतिपयले नेता को रुपमा समेत सम्बोधन गर्छन l अब्दुल भने आफुलाई अधिकारकर्मीको रुपमा चिनाउन चाहन्छ l अब्दुल अहिले बाल बिबाह बिरुद्धको अभियानमा जुटेका छन् l
बाल बिबाह तथा बाल श्रम लगायतका मुद्धा बिरुद्ध उनी अभियान मा छन ।
गुजारा नगरपालिकामा आयोजित बाल सभामा आफुले नगरपालिकाको कतिपय नीतिगत तथा ब्यबहारिक पक्षहरुमा सुधार आवस्यक रहेको अव्दुलले बताए l
टोल स्तरमा जनचेतनाका कुराहरु गर्ने र जिम्मेवार निकायहरुलाई अझै जिम्मेवार बनाउदै जानुनै समस्या समाधानको उपाय हो उनले प्रस्टाए l
अब्दुल निरन्तर बाल अधिकारका लागि अवाज उठाउदै आएका छन l अब्दुलको प्रारम्भिक शिक्षा मदरशा ( इस्लामिक धार्मिक शिक्षा लिने ठाउ) बाट भएको हो l
आधारभूत सम्मकाे शिक्षा मदर्शाबाट गरेका अब्दुल धार्मिक भन्दा सामाजिक क्षेत्रमा लाग्न चाहेका थिए l उनि बताउछन ” बुबाले म लाई उच्च स्तरका धार्मिक शिक्षा संगै मौलाना बनाउन चाहनुहुन्थ्यो l तर म बाल्यकाल देखिने सामाजिक अभियानहरुमा सरिक भैराख्थे l
मैले धार्मिक शिक्षा संगै बिधालय शिक्षा पनि लिदै गरे l म बिभिन्न सामाजिक संस्थाहरु मा जोडिए ।
म नगर स्तरिय बाल क्लबका अध्यक्षको रुपमा पनि चुनिए l यसले मेरो जिम्मेवारी झन् बढेको महसुस भयो l म बिधालयमा बाल कल्याण अको लागि सदैव संघर्ष गरि रहे l ” उनले भने ।
उनले आफु सहभागी हुने प्रत्येक कार्यक्रममा बालश्रम तथा बालबिबाह र छुवाछुतका मुद्धा उठाउछन l
उनि बिधालय बाहिर रहेका बालिकाहरुलाई पनि पुनः बिधालयमा भर्ना गराउने अभियान थालेका छन । गाउमा जागरुकता बढे संगै बाल बिबाहका घटनाहरु केहि घटे पनि बाल श्रमका मुद्धाहरु भन्ने यथावत रहेको उनको भनाइ छ l
उनले आफुले अचेल बालिका शिक्षाको लागि पनि निरन्तर काम गर्दै आएको बताउदै मदरसा शिक्षा छोडेका किशोरीहरुलाई बिधालयमा भर्ना गर्ने काम पनि सहज नरहेको उनि बताउछन ।
“परम्परा र रुढिवादी समाजमा बालिकालाई बिधालय पढ्न सहज हुदैन , अझै किशोरावस्थामा पुगेकी किशोरीहरुलाई बिधालयमा पढाउन झनै असहज हुन्छ ।
उनले आफ्नो पहलमा हालै मात्रै टोलका ७ जना किशोरीलाई बिधालय भर्ना गराएका छन ।
अब्दुल सलाम बाल क्लब संग आवद्ध भएपछी उनको कयौ ब्यबहारहरु बदलिएको उनि बताउछन ।
“ बाल क्लबको गठन र त्यस यता बिभिन्न तालिमहरुमा उनको सहभागिता पछि हाल उनि बिधालयमा पनि बाल बिबाहको बिरुद्धमा अभियानहरु संचालन गर्छन ।
उनि गाउमा महिला ,पुरुष तथा युवाहरुलाई समेत बाल बिबाह तथा लैंगिक समानताको महत्व बारे जानकारी गराउने गरेको स्थानिय खुश्बु गुप्ताले बताए ।
अब्दुलले आफुले बाल क्लबको प्रतिनिधिको हैसियतमा बिभिन्न तालिममा सहभागी हुदै आर्जित गरेको शिप र ज्ञानको भरपुर प्रयोग गरिरहेको बताए ।
“बाल क्लबको अध्यक्षको हैसियतमा म बाल बिबाह, लैंगिकता ,हिंसा भए सो को कानुनि उपचार र सम्प्रेसण प्रणालि सम्बन्धमा बिभिन्न तालिम तथा गोष्ठीहरुमा सहभागी भएको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु