Tuesday, April 28, 2026

गरुडामा बांदरबाट किसान पिडित 

पछिल्लाे समाचार

   
रौतहट २२ बैसाख । बादरले बालि खाएर दुखदिन थालेपछि गरुडाका केही वडाका किसान ले पिडित भएको गुनासो छ ।
किसानले बांदर नियन्त्रण गर्न स्थानिय निकाय संग अनुरोध गरेका छन ।
गरुडा नगरपालिकाको वडा न. ३,४,८,९ मा बर्षौ देखी बालिनाली  बाँदरको हुल आएर खाइदिने, दुःख दिएर  हैरान बनाएको गुनासो आएको गरुडाका मेयर कन्तमणी जयसवालले बताएका छन ।
केहि समय अगाडि   डिभिजन बन कार्यलय रौतहटमा पुगी यसको लागी आवश्यक समन्वय गर्न आग्रह गरेकाे मेयर जयसवालले बताए ।
  डिभिजन बन कार्यलय रौतहटका प्रमुख    सुनिल कुमार कर्ण र जिल्ला समन्वय समितिको सभापति रामअयोध्या राय यादवले बादर बाट पिडित क्षेत्रको अनुगमन/निरिक्षण गरेका छन ।
टोलीले निरीक्षणको क्रममा देखिएका समस्याको समाधान चाडै खोजिने बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु