रौतहट २२ बैसाख । बादरले बालि खाएर दुखदिन थालेपछि गरुडाका केही वडाका किसान ले पिडित भएको गुनासो छ ।
किसानले बांदर नियन्त्रण गर्न स्थानिय निकाय संग अनुरोध गरेका छन ।
गरुडा नगरपालिकाको वडा न. ३,४,८,९ मा बर्षौ देखी बालिनाली बाँदरको हुल आएर खाइदिने, दुःख दिएर हैरान बनाएको गुनासो आएको गरुडाका मेयर कन्तमणी जयसवालले बताएका छन ।
केहि समय अगाडि डिभिजन बन कार्यलय रौतहटमा पुगी यसको लागी आवश्यक समन्वय गर्न आग्रह गरेकाे मेयर जयसवालले बताए ।
डिभिजन बन कार्यलय रौतहटका प्रमुख सुनिल कुमार कर्ण र जिल्ला समन्वय समितिको सभापति रामअयोध्या राय यादवले बादर बाट पिडित क्षेत्रको अनुगमन/निरिक्षण गरेका छन ।
टोलीले निरीक्षणको क्रममा देखिएका समस्याको समाधान चाडै खोजिने बताइएको छ ।



