चन्द्रपुर,२२ बैशाख । चन्द्रपुर नगरपालिका वडानं १० बालचनपुरमा एक महिला कुटिएकी छीन ।
एक युवाले ती महिला माथि अभद्र व्यवहार देखाउदै कुटपिट गरेकाे गुनासो छ ।
स्थानीय विजय पासवानले गाँउकै एक ३२ बर्षकी बिवाहित महिलामाथि बिहिबार दिउसो लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका थिए।
कुटपिटबाट घाईते महिलाको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भईरहेको छ ।
राजनैतिक संरक्षणमा अभद्र गतिबिधि गर्दै आएका पासवानले महिला माथि गरेको कुटपिटको बिषयमा पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उजुरी दिएको भएपनि पासवान पक्राउ परेका छैन ।
बिहिबार वडा कार्यालय जादै गरेकी महिलालाई बालचनपुर र बिर्ता बजार बिचको बाटो को एकान्त स्थानमा आरोपी पासवाले जवरजस्ती गर्न खोजेकाे महिलाको भनाइ छ ।
प्रतिवाद गरेपछि बिजय पासवालले निर्घात कुटपिट गरेकाे महिलाले बताएकी छिन ।


