Friday, April 24, 2026

जुनियर रेडक्रसको प्रदेश स्तरीय शिविर गौरमा शुरु

पछिल्लाे समाचार



रौतहट २२ बैसाख ।पाँचौ प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर नेपाल रेडक्रस सोसाईटी मधेश प्रदेशकाे  गौरकाे श्री जुद्ध मा.वि.को सभाहलमा शुरु भएका छन् ।
कोभिडको समयमा रेडक्रस सोसाईटी जुनियर युवा सर्कलले गरेको कामको बारे प्रदेशिक अध्यक्ष फुलमहमद मिया प्रकाश पारेका छन ।
विपतको समयमा रगतको आवश्यकता परेकोमा ब्लड दिनु र लिनु मानवता धर्म रहेको हुनाले रक्तदान गर्नु हाम्रो मानवीय सेवा रहेको रौतहट जिल्ला अध्यक्ष राज किशोर  प्रसाद यादवले बताए।
रेडक्रसलाई व्यवस्थित गर्न सबैको कर्तव्य हुनाले आ–आफनो ठाउँमा रही विपत परेको बेलामा रक्तदान गर्नु जीवनदान भएको वक्ताहरुको धारणा थियो ।
गौर नगरपालिकाका मेयर शम्भु साहले  रेडक्रसको अभियान रक्तदान जीवनदान, रेडक्रस अभियान मानव सेवाको कल्याण नारा बोकेको सात सिद्धान्तमा प्रतिपादित मानवता तटस्था, स्वाधिनता, ऐच्छिक सेवा एकता, विश्वयफता आधारित रेडक्रसले विश्वभरीमा चेतना जगाउने काम गरेको बताए ।
रेडक्रसका जन्मदाता जा हेनरी डयूनले व्यापारको समयमा हिडेको व्यापारीले उक्त देशमा १६ घण्टा सम्म युद्ध नरसंहार भएका देखे पछि घाइते भएका मानवको अवस्था देखे पछि घाइते भएका मानवको छटपटको दृश्यले जा हेनरी डयुनाले छटपटाईरेहेका ति युवाहरुलाई उपचार गराउनमा सहयोग गरेकोमा वहाँको नाम अमर रहेको प्रशिक्षक उमेश मिश्रले भनाइ राखेका छन।
मधेश प्रदेश स्तरीय दुई दिन सम्म चल्ने शिविरका अध्यक्षता फुल महमद मिया, सहजकर्ता, प्रशिक्षक उमेश मिश्र, कुनाल  मिश्र, ज्योति झा, केन्द्रिय प्रशिक्षक रिमा महर्जन, दिक्षा पौडेलको संयोजनमा  मधेश प्रदेशका विद्यालयहरुबाट छनौट भएका सात जिल्ला सप्तरी, सिरहा, महोत्तरी, बारा, रौतहट, पर्सा, सर्लाही जिल्लाबाट एक/एक शिक्षक र दुई जना छात्र छात्रा भाई बहिनिहरुले जुनियर युवा रेडक्रस सर्कलले  ८ मईको दिन पारेर पाँचौ मधेश प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविरकाे उदघाटन भएको छ ।
गौर नगर प्रमुख शम्भु साहले शिविरको उद्घाटन गरेका छन । स्वागत मन्तव्य धिरजय मिश्र र पूर्व अध्यक्ष नन्द किशोर झा, पत्रकार प्रेम चन्द्र झा को आतिथ्यता रहेको थियो भने उदघोषण रेडक्रसका मन्त्री धर्मेन्द्र सिंहले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु