Tuesday, April 28, 2026

गरुडाको एक होटलमा प्रहरीको छापा, ७ जना पक्राउ

पछिल्लाे समाचार


रौतहट २१ बैसाख /प्रहरीले गरुडाको एक होटलमा छापा मरेको छ ।
रौतहटको गरुडा स्थित अनिता होटेल एण्ड लजमा बुधबार प्रहरीले छापा मरेको हो ।
यौनजन्य गतिविधि भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय गरुडा बाट गएको संयुक्त टोलिले होटलमा छापा मरेर यौनजन्य क्रियाकलापमा संलग्न ७ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा २ जना महिला र ५ जना पुरुष रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएकाे छ ।
पक्राउ परेका सातै जनालाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा राखेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु