Wednesday, May 22, 2024

पुर्व प्रदेश मन्त्री चौधरी द्वारा योजनाहरुको शिलान्यास

पछिल्लाे समाचार



रौतहट ११ जेठ ।  मधेश प्रदेशका सांसद तथा पूर्वमन्त्री केशव राय चौधरीको नेतृत्वमा रौतहट क्षेत्र ‘क’ मा विभिन्न योजनाको काम भैरहेको छ ।
चौधरीको संसदीय विकास कोषको रकम मध्ये १ करोड १० लाख रुपैयाँको लागतमा योजना अघि बढेको हो।
२५ लाख रुपैयाँको लागतमा गुजरा नगरपालिका-१ कोठीयारको मूल सडक निर्माण तथा मर्मत सुरु भएकोछ। २५ लाख रुपैयाँको लागतमा गुजरा-७ वीरेन्द्र आधारभूत विद्यालय औरहिडिह परसवाको कम्पाउन्ड वाल तथा पैराबेरा २० लाख रुपैयाँको लागतमा फतुवा विजयपुर-९ लक्षमिनीया गाउँको मूलबाटो मर्मत भइरहेको छ।
गुजरा ६ बेदौलीमा बाटो निर्माण र ३० लाख रुपैयाँको लागतमा खतवहियामा नाला तथा बाटो निर्माणको काम शुरु भएको छ ।
संसदीय विकास कोषको रकमबाट हुने अन्य केही कामबारे छलफल, निर्णय लगायतको प्रक्रिया मा रहेको बताइएको छ।
फतुवा विजयपुर- ९ लक्षमिनीया गाउँको मूलबाटो मर्मत भइरहेको छ। १० लाख रुपैयाँको लागतमा गुजरा-६ दौलीमा बाटो निर्माण र ३० लाख रुपैयाँको लागतमा खतवहियामा नाला तथा बाटो निर्माणको काम भइरहेको छ
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्नु पहिलो प्राथमिकतामा रहेको प्रदेश सासद चौधरीले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु