Thursday, June 13, 2024

लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी बजेट निर्माणमा जोड

पछिल्लाे समाचार


रौतहट ११ जेठ । माण्डवीको आयोजना तथा आइएफइएस नेपालको प्राविधिक सहयोगमा संचालित शी लिडस् परियोजना अन्तर्गत गौरमा लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी बजेट निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
माण्डवीले यस परियोजना अन्तर्गत मधेश प्रदेशका ५ जिल्लाहरुका २८ वटा पालिकाहरुमा गत वर्ष देखि महिला जनप्रतिनिधिहरुको क्षमता विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सँचालन गर्दै आईरहेको छ ।
गोष्ठीमा रौतहट जिल्लाका विभिन्न पार्टीका प्रत्यासी नगर उप प्रमुखहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु करिव ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमका बारेमा जानकारी माण्डवीका कार्यक्रम सँयोजक मुनीलाल बैठाले गरेका छन ।
कार्यक्रममा प्रशिक्षक रामाधार यादवले लैङ्गिक सामानता र उतरदायी बजेट निर्माणका लागि स्थानीय स्तरमा हुने योजना र बजेट निर्माण प्रकृयामा महिलाको भुमिका बारे प्रष्ट पारेका छन ।
लैङ्गिक उतरदायी बजेटको औचित्य, विशेषता, यसको विकासक्रम, यसका सुचक तथा अँकभार , वर्गिकरणका अधार लगायत हाल सम्म यसका प्रगतिका बारेमा अनुगमन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिएका छन ।
 महिलाहरुको क्षमता विकास तथा सिप विकास सम्बन्धि विभिन्न शिर्षकहरुमा चालु आव मा केहि बजेट छुट्याई कार्यन्वयन गरिरहेको र आउने दिनमा  महिलाहरुलाई प्रत्यक्ष रुपमा फाईदा हुने गरि बजेट विनियोजन गर्न विभिन्न पार्टीका प्रत्यासी उप प्रमुखहरुले भनाइ छ ।
 

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु