Wednesday, April 22, 2026

मलेसियामा रहेका नेपालीहरुले पठाएको सहयाेग रकम हस्तान्तरण

पछिल्लाे समाचार



राैतहट १२ जेठ । मलेसियामा बस्ने नेपालीहरुले पठाएको रकम पिडित परिवारलाई   हस्तान्तरण गरिएको छ ।
सो रकम मृतकका आमाबुबा माधाे राम-  र मिना देवी रामलाई नेपाल  पत्रकार महासंघ रौतहटका अध्यक्ष   प्रेमचन्द्र झाले हस्तान्तरण गरेका छन ।
यमुनामाई गाउपालिका वडा नम्बर ४का २२ बर्षिय नरेस राम ४ वर्ष पहिले मलेसिया गएका थिए । मलेसियामा २०७९ /१२/१५ उनको मृत्युु भएको थियो ।
मृतक परिवारलाई जीवनयापनका लागि मलेसियामा बस्ने नेपालीहरुले चन्दा रकम संकलन गरी ११ लाख ४५ हजार ८ सय ८०  रुपैयाँ जिएस समाजसेवा युवा कल्व मलेसिया मार्फत   सहयोग रकम पठाएका छन ।
रकम हस्तान्तरण कार्यक्रमा वडा अध्यक्ष अश्विनी कुमार यादवले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन ।
सहयोग रकम पठाउने  संस्थाका उपाध्यक्ष  विजय जयसवालको अध्यक्षतामा भएको सहयाेग हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्यहरु मिथुन  विराजि यादव , दिनेस जयसवाल र भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा ,लगाएत पत्रकार, स्थानीय अगुवा को उपस्थिति रहेको थियो ।।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु