Sunday, May 26, 2024
No menu items!

गौर राइसमिल अधिग्रहण गर्न १५ करोड दिने

पछिल्लाे समाचार


रौतहट १२ जेठ । गाैरको राईस मिल चाैरलाई अधिग्रहण गर्न १५ कराेड  रकम दिने मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले  बताएका छन ।
गाैर राईस मिल चाैरलाई अधिग्रहण गराउन १५ कराेड रुपैया दिने प्रतिबद्धता  मुख्यमन्त्री यादवले गाैरमा पत्रकारहरूसंग संक्षिप्त कुराकानी गर्दै  बताएका छन ।
आफ्नै कार्य कालमा गाैर राईस मिल सार्वजनिक स्थलको रुपमा विकास गरिसक्ने मुख्यमन्त्री ले बताए ।
  पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिदै बेटी पढाउ बेटी बचाउ कार्यक्रम धेरै राम्रो थियो । तर सम्बन्धित निकायमा मुद्दा चलिरहेकाे छ ।जब सम्म यसमा कुनै टुङ्गो लाग्दैन तब सम्म त्यसमा चाहेर पनि केही गर्न सक्दैनाै ।
छोरीको बिमा  कार्य जारी नै रहेको उनले बताए । पत्रकारलाई सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर्न मुख्यमन्त्री यादवले अनुराेध गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु