चन्द्रपुर १९ रौतहट / सामुदायिक वन उपभोक्ता महासंघ रौतहट जिल्ला समन्वय समितिको अध्यक्षमा बेदहरी दाहाल चयन भएका छन ।
सोमबार रौतहटको चन्द्रनिगाहपुरमा महासंघको छैठो जिल्ला अधिबेशनले दाहाल को नेतृत्वमा जिल्ला कार्य समिति सर्वसहमतीले चयन गरेको हो ।
नव निर्वाचित समितिको उपाध्यक्षमा टिका बहादुर आचार्य रहेका छन भने महासचिबमा प्रेमा कुमारी तिमलसिना चयन भएकी छिन । यसैगरी कोषाध्यक्षमा रन्जु थापा चयन भएकी छिन भने सचिबमा कपिलदेब चौधरी चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद तिमल्सिनाले जानकारी दिएका छन । समितिको सदस्यहरुमा सन्त बहादुर पाख्रिन,लक्ष्मी दाहाल,कुन्ती सापकोटा,दिनेश प्रसाद भट्टराई,रमा श्रेष्ठ,मिना कोइराला,नर माया बिक,जय किशोर महतो र रामलाल ठोकर रहेको निर्वाचन संयोजक तिमल्सिनाले जानकारी दिए ।
यसैगरी सोही जिल्ला अधिवेशनले बिकाश तथा अनुगमन समितिको संयोजकमा राजु धामी, सदस्यमा चन्द्रकला देबी चौधरी र पदम कुमारी रानालाइ चयन गरेको छ । यस्तै न्यायिक समितिको संयोजकमा राम बहादुर घलान,सदस्यहरुमा पबित्रा मोहन श्रेष्ठ र सन्तलाल कुश्वार चयन भएका छन ।
भेलाले सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सल्लाहकार समिति पनि बनाएको छ । समितिमा धनपति दुलाल,श्रीराम प्रसाद न्यौपाने र बाबुराम दाहाल रहेका छन ।
भेलामा नव निर्वाचित अध्यक्ष दाहालले आउदो १५ दिन भित्र महासंघले कार्यालय खोलेर काम संचालन गर्ने प्रतिबद्धता जनाएका छन ।



