Tuesday, April 28, 2026

भर्ना अभियानमा धार्मीक अगुवाहरूको भुमिकाबारे छलफल

पछिल्लाे समाचार

रौतहट १९ बैसाख । गरुडामा बालबालिका भर्ना अभियान सम्बन्धी धार्मिक अगुवाहरूको भुमिकाबारे छलफल कार्यक्रम आयोजना गरिएको छ ।
समाज प्रतिको चिन्तन अन्तरधार्मिक लगन नाराको साथ वर्ल्ड भिजन , निरन नेपाल र स्थानीय तहहरूको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।
सस्थाले समाजमा विद्यमान रहेका कुप्रथा,दाईजो प्रथा,बाल विवाह,बाल श्रम र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्दै आईरहेको छ ।
निरन नेपालका जिल्ला अध्यक्ष अनिसुर रहमानको अध्यक्षतामा बसेको छलफलमा विभिन्न विद्यालयका बिधार्थी को सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न धर्मका अगुवा तथा धर्मगुरुहरु लगायत प्रत्येक स्थानिय तहबाट एक/एक जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु