Friday, April 24, 2026

चन्द्रपुर खानेपानी समितीको साधारण सभामा विवाद , पुन : जेठ ६ गते गर्ने सहमती

पछिल्लाे समाचार


रौतहट २३ बैसाख ।चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको साधारणसभा स्थगित भएको छ।
शनिवार कार्यक्रममा विवाद भएपछी साधारणसभा स्थगित भएको हो ।
उद्घाटन सत्र शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि बन्द सत्रमा विवाद देखिएको थियो । चन्द्रपुर नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा समितीले पेस गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । खानेपानीका कोषाध्यक्ष किरण रेग्मी अनुपस्थित भएपछी सदस्य अन्नत अधिकारीली प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको प्रतिवेदनमा अनियमितताको शंका रहेको भन्दै उपभोक्ताहरु बिच विवाद भएको हो ।
प्रतिवेदन अनुसार ५ लाख मुद्दती खातामा राखेपनि ब्याजमा भने सुन्य देखाएको छ । शौचालय निर्माण तथा भान्सा घर निर्माणमा खर्च देखाईएको छ भने पछाडी फेरी दायित्व शीर्षक राखी हार्डवेयरको नाममा तिर्नु पर्ने ४ लाख ८५ हजार देखिएको छ ।
यस्तै संस्थाका अध्यक्ष दिपक कुमार धितालले ५ लाख भन्दा बढी रकम पेस्कीको रुपमा लिएका छन् । कार्यक्रममा सहभागीका अनुसार सामाजिक संस्थाका अध्यक्षले यसरी पेश्की लिने नियम नरहेकोले अध्यक्षले मनोमानी गरेको आरोप उनीहरुले लागाएका थिए ।
कार्यक्रम ११ बजे राखिएको भएपनि लेखापरीक्षणको प्रतिलिपी १२ बजे आएपछी कार्यक्रम सुरु गरिएको थियो । समितीमा पेसनै नगरी कार्यक्रमकै दिन लेखापरीक्षण प्रतिवेदन आउनु भनेको आफ़ुले गरेको अनिमियतता ढाकछोप गर्ने मनसाय देखिएको उपभोक्ताहरुको गुनासो छ ।
कार्यक्रममा खानेपानी समितीका केही पदाधिकारीले नै आफुहरु संग केहि छलफल नगरी संस्था चलाएको प्रती आक्रोस पोखेका थिए ।
अध्यक्षले गरेको मनोमानीको जिम्मा सदस्यले नलिने खानेपानीका सदस्य नविन बरालले बताए ।
विवाद भएपछी ५ सदस्य बिवाद समाधान समिति गठन गरी आर्थिक प्रतिवेधन माथी छलफल गरी १० दिन भित्रमा प्रतिवेदन बुझाउने सहमती भएको छ।
यसैबिच स्थगित साधारण सभा आउने जेष्ठ ६ गते शनिवार खानेपानी समितीकै प्रांगणमा हुने सहमती भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु