Tuesday, April 28, 2026

चन्द्रपुरमा मोटरसाइकल चोर्ने लालबन्दीमा पक्राउ

पछिल्लाे समाचार


रौतहट २१ बैसाख ।चन्द्रपुर ४ बाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई लालबन्दीबाट प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट दुईवटा मोटरसाइकल चोरी गरेर ल्याउने गिरोहका छ जना पक्राउ परेका छन ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–७ स्थित बजारमा ग्यारेज सञ्चालन गर्ने लालबन्दी ११ का २९ वर्षीय रामवरण महतो, ईश्वरपुर नगरपालिका १३ का १८ वर्षीय श्याम महतो, लालबन्दी ७ का १८ वर्षीय नजरेल नदाव, ईश्वरपुर नगरपालिका ६ का २० वर्षीय जस्मिन खान र उनका भाई १७ वर्षीय सागिर खान र सप्तरीको रुपनी गाउँपालिका १ का १९ वर्षीय शिद्धार्थ महतो रहेका छन् ।
वैशाख १९ गते चन्द्रनिगाहपुरबाट प्रदेश २–००५ प ९४२५ र ना ४६ प ६२४७ नम्वरको र बा ६९ प ९३६१ नम्वरको बजाज कम्पनिको २०० सि.सी.को RS मोटरसाईकल चोरी भएको थियो । चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका निमित्त प्रमुख एवं प्रहरी नायब निरीक्षक (सइ) भिमराज सुवेदीले जानकारी दिए ।
चन्द्रनिगाहपुरबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई चन्द्रनिगाहपुरमै पठाएर कारवाही अघि बढाइएको छ ।
चोरीको मोटरसाइकल बेचाउने कार्यमा संलग्न तीन जनालाई लालबन्दी प्रहरीकै हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक सुवेदीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु