Thursday, April 30, 2026

रौतहटको सरकारी अस्पतालमा एन्टी रेबिज भ्याक्सिन अभाव

पछिल्लाे समाचार


रौतहट २४ भदौ । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा दैनिक पाँच देखी सत जना कुकुरले टोकेका बिमारी आउने गरेका छन्।
कुकुरले टोकेको उपचारमा प्रयोग हुने एन्टी रेबिजभ्याक्सिन नभएका कारण उनीहरु उपचार नपाइ फर्कने गरेकाछन् ।
सरकारी स्वास्थ्य संस्थामा एक सयमा लगाउन पाउने एन्टी रेबिज भ्याक्सिन निजि अस्पातलमा एउटाको पाँच देखी सात सय सम्म तिर्नुपर्ने बाध्यता रहेको छ ।
चन्द्रनिगाहपुर मा मात्र नभई जिल्लाभरीका सरकारी स्वास्थ्य संस्थामा एन्टी रेबिज भ्याक्सिनको अभाव रहेको छ ।
रौतहटका सरकारी स्वास्थ्य संस्थामा जनकपुर वीरगज लगाएतका सरकारी अस्पतालबाट एन्टी रेबिज भ्याक्सिन ल्याइने गरेकोमा ती स्थानमा समेत भ्याक्सीन नभएका कारण बिरामी फर्काउनुपर्ने बाध्यता रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन ।
जनकपुर स्थित प्रादेशिक अस्पतालमा एकसातादेखि एन्टी रेविज भ्याक्सिनको अभाव छ । प्रादेशिक अस्पतालमा दैनिक कुकुर, स्याल, बिरालो, बाँदरले टोकेका बिरामी आउने गरेका छन ।
भ्याक्सिन करिब दुई महिनादेखि अभाव रहेको र जसको कारण मधेश प्रदेशका सरकारी अस्पतालहरुमा भ्याक्सिनका अभाव भएको बताईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु