रौतहट २३ भदौ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी ( सिडिओ )सहित १० जना उपसचिवहरूको सरुवा गरेको छ ।
इलाका प्रशासन चन्द्रनिगाहपुर रौतहटका साहयक प्रजिअ झरेन्द्र प्रसाद चापागाईंलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहायक प्रजिअ, मकवानपुरका साहयक प्रजिअ नेत्र प्रसाद शर्मालाई इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर र मुस्ताङका प्रजिअ अनुप के.सी.लाई साहयक प्रजिअ रौतहटमा सरुवा गरिएको छ ।


