निजगढ,२३ भाद्र । श्री गौरीशंकर माद्यमिक बिद्यालय निजगढ सहिद चोकको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रवि कुमार बर्तौला चयन हुनुभएकोछ । शनिबार सम्पन्न अभिभावक भेलाले बर्तौलाको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समिती गठन गरेकोहो । समितिको सदस्यहरुमा थानेश्वर सापकोटा,टिकामाया लामा,शर्मिला खुलाल,पेमा घेम्जो लामा र रमा न्यौपाने अधिकारी चयन हुनुभएकोछ । भेलाले शिक्षक अभिभावक संघ समेत गठन गरेकोछ । संघको अध्यक्षमा दिपक सापकोटा चयन हुनुभएकोछ । तेसैगरी शिक्षक अभिभावक संघको सदस्यहरुमा तिलक प्रसाद अधिकारी,प्रवीण उप्रेती,हरि फुयाल,दिपक तिमल्सिना,शारदा थापा,लक्ष्मीमाया मोक्तान र नरनाथ गौतम चयन हुनुभएकोछ । नमुना बिद्यालयमा छनोट भएको निजगढको सहिद चोक स्थित गौरीशंकर मा वि मधेश प्रदेशको सामुदायिक बिद्यालयहरुमा अब्बल बिद्यालयको रुपमा स्थापित बिद्यालय हो । बिद्यालयले वर्षौदेखि स्थायी रुपमा बिद्यालय व्यवस्थापन समिती चयन गर्न नसक्दा बिद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिमा बाधा अड्चन हुँदै आएकोथियो । बिद्यालयको व्य्वस्थापन समिती गठन भएसङ्गै बिद्यालयको शैक्षिक गुणस्तर लाई थप वृद्धि गर्नु आफ्नो मुख्य उद्धेश्य हुने नव गठित बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बर्तौलाले बताउनुभयो । बिद्यालयको शैक्षिक गुणस्तर सङ्गै भौतिक पुर्वाधारलाई समेत स्तरिकरण गर्दै बिद्यार्थिहरुलाई सुविधा उपलब्ध गराउने अध्यक्ष बर्तौलाले बताउनुभयो ।


