रौतहट २२ भदौ । चन्द्रपुरमा डेगुका बिमारीको संख्या वढेको छ ।
चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्ने बिषादि समयमा नछिटेका कारण डेगुका बिमारीको संख्या बढेको गुनासो गरेका छन /

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक हप्तामा १२ जना डेगुका बिमारी फेला परेको डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन ।
चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पतालमा पनि एक हप्तामा २० जना भन्दा बढिमा डेगु रोग देखा परेको सिम्स अस्पतालका डाक्टर राम किशोर साहले बताएका छन ।
समान्य ज्वरो आएर जचाउन आउनेहरुको चेक जाचका क्रममा डेगु रोग फेला परेको हो ।
चन्द्रनिगाहपुरमा रहेका अन्य निजि अस्पतालमा समेत डेगु रोगका बिमारी फेला परेका छन ।
चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले नगरका टोल टोलमा अब चाडै बिषादी छर्ने बताए ।



