Wednesday, April 29, 2026

चन्द्ररपुर ६ मा शनिवार देखी लामखुट्टे मार्ने बिषादी छरीदै

पछिल्लाे समाचार


रौतहट २२ भदौ । लामखुट्टे नियन्त्रणका लागि ल्याएको कीटनाशक औषधि (लामखुट्टे नियन्त्रण गर्ने थर्मल स्प्रे) एक महिनादेखि चन्द्रपुर नपाको गोदामान थन्किएको गुनासो पछि शनिवार देखि बिषादी छर्न थालिएको छ ।


शनिवार देखि बिषादी छर्न शुरु गर्ने वडा नम्वर ६ का वडा अध्यक्ष सहदेव केसीले बताएका छन ।
चन्द्रपुर नगरपालिकाले बिषादी छर्कन चासो नदेखाएको भन्दै केही वडा अध्ययक्ष तथा प्रतिनिधि र स्थानीय ले गुनासो गरेका थिए ।
नगरप्रमुख संजय काफ्लेले एक महिनाअघि सामाजिक सञ्जालमा औषधि आइसकेको र १० वटै वडामा छर्ने भन्दै फेसबुकमा पोष्ट गरेका थिए ।
लामखुट्टे र डेंगी नियन्त्रणका लागि बाराको पथलैयास्थित केन्द्रीय मेडिकल स्टोरबाट नगरप्रमुख काफ्लेको पहलमा एक महिनाअघि किटनाशक औषधि ल्याएइको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु