रौतहट २२ भदौ । मन्दिरका पुजारी (साधु)माथि मंगलवार राति आक्रमण भएको छ ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि आक्रमण भएको स्थानियले बताएका छन ।

बिहिवार बिहान करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
साधु साह माथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्याएका थिए । अहिले उनको उपचार पिपरा बजार स्थित बागमती अस्पतालमा गरिएको बताइएको छ ।


