Monday, May 18, 2026

श्रवण शक्ति गुमाएका विद्यार्थीको स्वास्थ्य परीक्षण, औषधि वितरण

पछिल्लाे समाचार

रौतहट १,जेठ । रौतहटको चन्द्रपुर–६ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ति गुमाएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सहकारीकर्मी वसन्त आचार्यको समन्वय तथा चन्द्रपुर हस्पिटल प्रालि को सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो ।

विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरिएको थियो । स्वास्थ्य परीक्षण डा. सुभास चौधरीको टोलीले गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक वसन्त सापकोटाले श्रवण शक्ति गुमाएका विद्यार्थीहरुको शिक्षा र स्वास्थ्यलाई विद्यालयले विशेष प्राथमिकतामा राखेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई थप उत्साहित बनाउने धारणा राख्नुभयो । उहाँले जनज्योति माविले बहिरा विद्यार्थीहरुको लागि छुट्टै छात्रावासको व्यवस्था समेत गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा बिद्यालय समितीका अध्यक्ष नरेश लामिछानेले फरक क्षमता भएका बालबालिकाको शिक्षासँगै स्वास्थ्यमा समेत ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

स्वास्थ्य परीक्षणपछि विद्यार्थीहरुले नियमित स्वास्थ्य जाँच र सहयोग प्राप्त हुँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए । विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीहरुको लागि छुट्टै छात्रावासको व्यवस्था गरिएकाले अध्ययनमा सहज भएको उनीहरुको भनाइ थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक पञ्चरत्न शाक्यले गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु