बारा , १४ माघ //
बारा प्रहरीले दुई फरार प्रतिवादी लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नम्बर ४ बस्ने ६० वर्षीय सुरेन्द्र साह (बनिया) कानु र ७५ वर्षीय सखिचन महरा रहेका छन्।
महरालाई जिल्ला अदालत बाराले लेनदेन मुद्दामा २०७५ फागुन १५ गते फैसला र २०७७ साल असोज २७ गते ६ महिना कैदको आदेश दिएको थियो ।
त्यस्तै कानुलाई जिल्ला अदालत बाराले लागू औषध मुद्दामा २०७४ साउन ९ गते फैसला गर्दै १ बर्ष ३ महिना २० दिन कैद र १ हजार जरिवानाको आदेश दिएको थियो ।
ऊनीहरु दुबैलाई कैद भुक्तानको लागि कारागार कार्यालय बीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।


