Sunday, May 3, 2026

महोत्तरीमा १ क्विन्टल ६० किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद

पछिल्लाे समाचार


महोत्तरी, १४ माघ //
सशस्त्र प्रहरीले महोत्तरीबाट १ क्विन्टल ६० किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा छिन्नमस्ता बाहिनी र जलेश्वर बेस क्याम्पबाट खटेको संयुक्त टोलिले बिहीबार राति महोत्तरी गउँपालिका ४ रानीवडास्थित गणेश चौधरीको कुखुरा फार्म नजिक परालको थुप्रोमा लुकाइ राखेको १६ पोका गाँजा बरामद गरेको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।

१० किलोका दरले प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा १ क्विन्टल ६० किलो गाँजा बरामद गरिएको उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु