Wednesday, May 13, 2026

मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ

पछिल्लाे समाचार


सर्लाही, १८ माघ //
सर्लाहीको लालबन्दीबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–५, का २९ वर्षीय सूर्यदीप चौधरी, सोही ठाउँका १९ वर्षीय रुपेश माझी मुसहर र लालबन्दी नगरपालिका–१५ का २९ वर्षीय सोमबहादुर रेग्मी रहेका छन् ।
यही माघ ७ गते लालबन्दी नगरपालिका–५, बस्ने ज्ञानबहादुर क्षेत्रीको आफ्नै घरको बरण्डामा पार्किङ गरेर राखेको प्रदेश २–०३–००१ प १०१९ नम्वरको १२५ सीसीको होण्डा साइन मोटरसाइकल चोरी भएको थियो ।

उक्त मोटरसाइकल खोजी गर्नेक्रममा सोहि मोटरसाइकलमा सवार तीनै जनालाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ ।

यस सम्वन्धमा थप अनुसन्धान भईरहेको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु