सर्लाही , १८ माघ //
सर्लाहीको नयाँरोडमा मालबाहक ट्रक पुलमुनी खस्दा एकजना घाइते भएका छन्।
मंगलबार दिउँसो किराना समान बोकेर पुर्वबाट पश्चिमतर्फबाट आइरहेको ना ५ ख ४२२५ नम्वरको ट्रक नयाँरोडस्थित हरिवन र बागमती नगरपालिकाको सीमामा पर्ने हरिवन राईखोलाबाट तल खसेको हो ।
घाइते हुनेमा ट्रक चालक मकवानपुरका २४ वर्षीय नवराज गौतम रहेका छन्।
अगाडि रहेका साइकल यात्रीलाइ जोगाउन खोज्दा ट्रकले पुलको रेलिङ भत्काएर तल खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
साइकल यात्री भने सकुशल रहेका छन् । घाइते गौतमको हरिवनमा उपचार भैइरहेको ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले बताए।
पुलमुनी खसेको ट्रक खोलामा गएर पल्टिएको र दुर्घटनामा मानवीय क्षति भने नभएको उनले जानकारी दिए।


