सप्तरी , १८ माघ //
विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीहरुलाई सप्तरीबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्लाको राजगढ गाउँपालिका ६ बस्ने राम किसुन खंग, शिव देव खँग, गर्भी खंग, राम सेवक खंग, हरी किसुन खंग र लोचन खंग रहेका छन् ।
त्यस्तै लुटपिट मुद्दामा २१ रुपैयाँ जरिवानाको सजाय सुनाइएका सप्तरीको डाक्नेश्वरी नगरपालिका २ बस्ने दयावती बिक, ५० रुपैयाँ सजाइ सुनाइएका स्थानीय बिरेन्द्र बिक र दुलारी देवी बिक रहेका छन् ।
सप्तरी जिल्ला अदालतबाट बिभिन्न मुद्दाहरु फैसला भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने गराउने अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुलाई जरिवाना तिराउन सोमबार नै सप्तरी जिल्ला अदालतमा हाजिर गरिएको उनले बताए ।


