सर्लाही , १७ माघ //
सर्लाहीमा अपाङ्ग र अतिविपन्न २५ जनालाई सिरक वितरण गरिएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका–१०, मा सोमबार टान्सफम नामक संस्थाले स्थानीय नवजागृति युवा क्लबसँग समन्वय गरेर चिसोबाट प्रभावित भइरहेकाहरुलाई एक/एक थान सिरक वितरण गरेको हो।
आधारभूत विद्यालय चन्द्रपुरमा वडाका अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवारलाई बोलाएर सिरक हस्तान्तरण गरिएको नवजागृति युवा क्लबका सचिव उदय पाख्रिनले बताए ।


