सप्तरी , १९ माघ //
सप्तरीको राजबिराज नगरपालिका–७ स्थितमा रहेको माँ छिन्नमस्ता साबुन फ्याक्ट्रिमा आगलगी हुँदा लाखौँको क्षति भएको छ।
जिल्लाको बोदेबरसाईन नगरपालिका–३ का सुनिल कुमार साह र वडा न ६ का प्रमोद कुमार साहले संयुक्तमा संचालन गरेको फ्याक्ट्रिमा आज विहान आगलगी भएको हो ।
आगलागीबाट ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
साबुन फ्याक्ट्रिमा आगलगी हुँदा तयारी अवस्थामा रहेको १ हजार २ सय काटुन कपडा धुने साबुन र १ हजार बोरा सर्फ जलेर पुर्ण रुपमा नष्ट भएको पिडित सुनिल कुमार साहले बताए ।
आगो, प्रहरी, स्थानियको सहयोगमा तथा तालिम केन्द्र राजबिराज सप्तरी र राजबिराज नगरपालीकाको दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।


