Monday, May 4, 2026

करिब तीन लाख नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ

पछिल्लाे समाचार


बारा , १९ माघ //
बाराबाट करिब तीन लाख नक्कली नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका ७ पिपरियाका किशोरी साह रहेका छन् ।

मंगलबार साँझ ५ बजेको समयमा बाराको सिम्रौनगढ नगरपालिका २ नइकाटोला बजारदेखि हरिहरपुर जानेबाटोमा ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगरले जानकारी दिए ।

उनको साथबाट एक हजारको २९६ वटा अर्थात २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको उनले बताए।

उनले पक्राउ परेका साहलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु