रौतहट १८ माघ । बाघको आक्रमणबाट रौतहटमा मंगलवार दिउँसो चन्द्रपुर नगरपालिका वडानं ५ घर भएका एक युवक घाइते भएका छन ।
२२ बर्षिय प्रदिप चौधरीलाई बाघले आक्रमण गरि घाईते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएका छन । चौधरी को हात र पेटमा चोट लागेको छ ।
गतबर्षको बाघ गणनामा जिल्लाको बन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो । बिगत ६ महिनामा आक्रमण बाट १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन ।
पर्सा, बारा, मकवानपुर र रौतहटको बन क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको हो ।
यहि माघ ४ गते देखी शुरु भई १५ दिनसम्म रौतहटको बनमा क्यामरा जडान हुने बन कार्यालयले जनाएको छ ।
उक्त अवधिमा वनक्षेत्रमा प्रवेश निषेध गरिएको बन कार्यालयले जनाएको छ । बाघ गणनाका लागि ठाउँ ठाउमा क्यामराहरु जडान भएको हुदा सो क्यामरा नचलाउन समेत आग्रह गरिएको छ ।
गत बर्ष पनि रौतहटको बनमा क्यामरा जडान गरि बाघ को गणना गरिएको थियो । रौतहटमा ४ वटा वस्यक बाघ भेटीएको थियो ।
गतआवमा पनि बाघ गणना गर्न रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका बनक्षेत्रमा १७ जोर क्यामेरा जडान गरिएकाे थियो । यस बर्ष पनि बाघ को आवतजावत हुने सम्भावित क्षेत्रमा क्यामरा जडान गरिएको छ।


