Tuesday, May 5, 2026

चन्द्रपुरका मेयरमा नेता तिमलसिनाको दाबी

पछिल्लाे समाचार


रौतहट , ४ बैशाख //
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी चन्द्रपुरमा चुनावी सरगर्मी बढेको छ ।

चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका युवा नेता सुनिल तिमलसिनाले दाबी गरेका छन् ।
चन्द्रपुर नगर कमिटिका आर्थिक बिभाग प्रमुख समेत रहेका युवा नेता तिमलसिनाले शनिबार बसेको बैठकमा नगर कमिटिको मेयर पदको लागी दाबी गरेका हुन् ।
लामो समय देखी एमाले पार्टीको कार्यकर्ता भएर काम गरेको बताउंदै युवा नेता तिमलसिनाले अब नगर युवाले योजनाबद्ध बनाएर चलाउनु पर्ने बताएका छन । आफुले नगर कमिटिको टिकट पाए भने आफुले नै जित्ने उनले प्रतिबद्धता जनाएका छन् ।

उद्योग बाणिज्य संघका केन्द्रिय सचिवको समेत रहेका तिमलसिनाले नगर भित्र बढदो भ्रष्ट्रचार नियन्त्रणको लागि युवाको नेतृत्व आवश्यकता रहेको उनको भनाई रहेको थियो। उनले अब नगर बनाउने जिम्मा नेतृत्व तहले युवालाइ दिनुपर्ने धारणा राखेका थिए ।
चन्द्रपुर नगरपालिकामा आएको बजेट सहि सदुपयोग हुन नसकेको युवा नेता तिमलसिनाले बताए । समग्र नगरको योजनाबद्ध बिकासको लागी आफनो उमेदवारी दाबी गरेको त्यसमा नेतृत्व तहले सहि निर्णय गर्ने पुर्ण आशावादी रहेको युवा नेता तिमलसिनाले बताए ।
यता नेकपा एमाले चन्द्रपुर नगर कमिटिले चन्द्रपुर नगरपालिकाको नगर प्रमुख उमेदवारको लागी प्रक्रिया शुरु गरेको छ । नगर प्रमुखको उमेदवार सिफारिसको लागी शनिबार नगर कमिटिको बैठक बसेको थियो ।

उक्त बैठकमा चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिब आचार्य, एमाले मधेश प्रदेश सदस्य राजु धामी, शारदा हुमागाई,प्रहलाद पौडेल,कोपिला तिमलसिना,प्रमोद चौधरी, चन्द्रपुर ८ का वडा कमिटि अध्यक्ष ऋषेश्वर दाहाल र नौतम पोखरेलले समेत नगर प्रमुख पदको लागी दाबी गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु