Monday, May 4, 2026

एमाले जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न

पछिल्लाे समाचार


रौतहट , ६ बैशाख //
जिल्लाको गरुडामा एमाले जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ ।

सोमबार गरुडा नगरपालिका स्थित रहेको एमाले पार्टी कार्यालयमा सम्पन कार्यक्रममा पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीको पुर्ण बैठक बाट मनोनीत सदस्यहरुको सपथ ग्रहण तथा कार्यविभाजन एवं आगामी चुनावी बिशेष कार्य योजना सहित कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा अगाडि बढिरहेको नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचन मार्फत पहिलो पार्टी बन्दै आफ्नो श्रेष्ठता हासिल गर्नुपर्ने मुल अभिभारालाई सबै जिम्मेवार कार्यकर्ताहरु एकताबद्ध भएर कर्तव्यवोधका साथ अगाडि बढ्नुपर्ने ठोस निष्कर्षसहित बैठक सम्पन्न भएको हो।

कार्यक्रममा देवाही गोनाही नगरपालिकाकी कार्यवाहक नगर प्रमुख परनिया देवि पटेल, नेकपा एमालेको जिल्ला कमिटि सदस्य कुन्दन कुशवाहा, नेकपा एमालेको जिल्ला कमिटि ईन्चार्ज उपेन्द्र साह, शान्तिदेवि साह तथा एमाले पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु