Monday, May 4, 2026

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु ,अन्य एकजना घाइते

पछिल्लाे समाचार


रौतहट , ६ बैशाख //
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ , भने अन्य एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा जिल्लाको गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् ।

सोमबार राति गौरबाट कोप्वा तर्फ जादै गरेको भारतिय नम्बरको मोटरसाइकल सवा ९ बजे राजपुर नगरपालिका–३ अजाद चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

यस्तै घाइते भएका मोटरसाइकलमा पछाडी सवार १८ बर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु