रौतहट , २३ बैशाख //
रौतहटको गौर नगरपालिकाको निवर्तमान मेयर तथा आसन्न स्थानिय चुनावको मेयरका उम्मेदवार अजय गुप्ता घरदैलो कार्यक्रममा लागेका छन्।
उनले आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन्।
गुप्ताको सबगढामा घरदैलोको क्रममा सोचेको भन्दा तेबरको संख्यामा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


