रौतहट, २३ बैशाख//
नेकपा एमाले माधवनारायण नगरपालिकाको मेयर पदको उम्मेदवार सिमल कुमारी साहले स्थानिय चुनावमा आफुले जिते नाला सहितको बाटो बनाउने , कृषिको लागी बिजुली निशुल्क गर्दिने , ग्यास सिलिन्डर वितरण गर्ने, पाँच सय जना लाई रोजगारीको अवसर दिने , उनीहरूको निम्ति श्रावण र भाद्र दुई महिना खाना निशुल्क गर्ने बताएकी छन्।
उनले सम्पूर्ण स्वास्थ्य केन्द्र तथा विद्यालयहरूमा निगरानी काे लागी सिसी क्यामरा जडान गर्ने, प्राविधिक शिक्षामा विशेष जोड दिने , पर्यटकीय स्थल निर्माण गर्ने , किसानहरूको लागी पेन्सनको व्यवस्था गर्ने , मल बीउ वितरणमा अनुदानको व्यवस्था गर्ने , खेलकुद विभिन्न किसिमका सेवा निशुल्क गर्ने र महिला माथिको विभेद अन्त्यका लागि प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने लगायतका सुविधाहरु प्रदान गर्ने
प्रतिबद्धता, जनाएकी छन्।
उनले समग्र नगर बिकासको लागि आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनमा आफुलाई भारि मतले जिताउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेकी छन्।


