रौतहट , २३ बैशाख //
स्थानिय चुनावी मैदानमा रहेका मेयरका उम्मेदवारहरुले चन्द्रनिगाहपुर सरकारी अस्पतालको बिषयमा चासो लिन थालेका छन् ।
केही उम्मेदवारको घोषणा पत्रमा सरकारी अस्पतालको अवस्था सुधारका कुरा समेत उल्लेख गरेका छन् ।
स्वतन्त्र उम्मेदवार रामचन्द्र चौधरी बाहेकका चन्द्रपुर नगरपालिकामा मेयरमा उठेका सबै जसो उम्मेदवारले आफुले चुनाव जितेमा अस्पतालको अवस्थामा सुधार ल्याउने बताएका छन् ।
चन्द्रनिगाहपुरमा रहेको १५ शैयाको सरकारी अस्पतालको अवस्था पछिल्लो समय नाजुक बन्दै गएको समाचार संचारमाध्यममा आउन थालेपछि मेयरका उम्मेदवारले आफ्नो पहिलो प्राथमिकतामा सरकारी अस्पतालाइ राखेका छन् ।


