Monday, May 4, 2026

स्थानिय प्रशासनले प्रतिपक्षलाइ पेल्न खोज्यो ः एमाले रौतहट

पछिल्लाे समाचार

रौतहट २२ बैसाख / नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्वमन्त्री प्रभु साहले स्थानीय प्रशासन रौतहटमा धाँधलीपूर्ण रुपमा निर्वाचन गर्ने षडयन्त्र गरीरहेको बताएका छन् ।
पूर्वमन्त्री साहले बुधबार रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जिल्लाको निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र गरिरहेको भनी सामाजीक संजालमा लेखेका थिए । रौतहटका सिडियोले जिल्ला स्थित निर्वाचन कार्यालयलाई आफ्नो लंगोटी बनाएको एमाले नेता साहको आरोप छ ।
जिल्लाभित्र मतदान अधिकृतहरु नियुक्त गर्दा कुनै पनि कानुन वा मापदण्ड नअपनाइ सिडियोको ठाडो निर्देशनमा खटनपटन गरेको तथा मतदान केन्द्र र मतगणना केन्द्र तोक्दा समेत सिडियोले मनोमानी गरी गठबन्धनका नेताहरुको इशारामा अनावश्यक हस्तक्षेप गरि रहेको साहको भनाई छ ।
निर्वाचन गराउने सरकार तठस्थ भुमिकामा रही प्रतिपक्षलाई आश्वस्थ पार्नुपर्ने ठाउँमा रौतहटका सिडियोले प्रतिपक्षी दलका स्थानीय नेतालाई तर्साउने धम्काउने जस्ता गतिविधि गरिरहेको भन्दै नेकपा एमाले रौतहटले बिज्ञप्ति निकाली आफ्ना हर्कत सच्याउन सरकारको ध्यानाकर्षण गराएकाे छ ।
स्वतन्त्र भुमिका खेल्नुपर्ने सिडियो गठबन्धनका नेताहरुको गोटी बनेको भन्दै प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न एमालेले सचेत गराएको छ ।
पुर्वमन्त्री साह भन्न्छन ,” निर्वाचनको बेला सरकार अथवा सरकारी निकाय पूर्णत कामचलाउ भएर तठस्थ भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर यहाँ रौतहटको सिडियो आफै निर्वाचनलाई निष्पक्ष हुन नदिने षडयन्त्रमा छन । “
उनले थपे ,” निर्वाचन आयोग हो कि गठबन्धन सरकारको लंगोटी ? बुझ्नै गाह्रो छ ।” पुर्वमन्त्री साहले भने, ” मतदान अधिकृतहरु एउटा निश्चित मापदण्डमा खटाइनुपर्ने हो तर सिडियोको ठाडो आदेशमा मनपरी ढंगले खटनपटन भएको छ ।”
बिहिवार एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले एक विज्ञप्ति जारी गर्दै सिडिओ निलम्बनको माग गरेका हुन् । गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयवीत बनाएको आरोप लगाउँदै विज्ञप्तिमार्फत अध्यक्ष साहले ‘सिडिओ कांग्रेसको कठपुतली’ भएको भन्दै खेद प्रकट गरेको उल्लेख गरेका छन ।
यता रौतहटका सिडियो कृष्ण बहादुर शाहिले आफू निर्वाचन शान्तिपुर्ण रुपमा गराउन जिल्लामा खटिएको । निस्पक्ष निर्वाचन गराउनु कर्तव्य रहेको बताउदै आफू पार्टी विशेष भन्दा टाढा बसेर काम गरीरहेको प्रतिकृयाहरु दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु