पर्सा ,८ असार //
घुस लिएको रकमसहित वीरगञ्जका नापी कार्यालयका एक जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद घुस लिएकै अवस्थामा उनलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराइ दिन्छु भन्दैँ घुसको लागि ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आइरहेका पाण्डेलाई मंगलबार दिउँसो ३ बजेतिर वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वमा खटिएको प्रहरी टोलीले पाण्डेलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


