Saturday, May 9, 2026

जलेश्वर कारागारमा एक कैदीको ज्यान गयो

पछिल्लाे समाचार


महोत्तरी , १० असार //
महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु भएको छ।
जिल्लाको लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादवको आज बिहान मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

बिहान २ बजे एक्कासी बेहोस भएका उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु