Saturday, May 9, 2026

सेवाग्राहीलाई अभद्र गाली गर्ने महतो निलम्बित

पछिल्लाे समाचार


सिराहा ,१० असार //
सेवाग्राहीलाई अभद्र गाली गर्दै दुर्व्यवहार गर्ने सिराहाको एक अस्पतालमा कार्यरत नायव सुब्बा बासुदेव महतो निलम्बित भएको छ।

बिहीबार अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई निलम्बन गरेका हुन् ।

महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अभद्र गाली गर्दै दुर्व्यवहार गरेका थिए । सो भिडियो सामाजिक संजालमा भाइरल भएपछि चौतर्फी रुपमा कर्मचारी महतोको कडा कारबाहीको माग गरिएको छ ।

महतोलाई बुधबारनै प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै कर्मचारीले सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील बनेको बताएको छ ।

दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने विज्ञप्तिमा उल्लेख अरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु