Saturday, May 9, 2026

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

पछिल्लाे समाचार


बारा , ९ असार //
पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीका १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको घरमा कोही नभएको अवस्थामा ललाई फकाई किशोरले जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

यस सम्बन्धमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु